Headlines News :

मेरो देश मेरो नेपाल, प्राण भन्दा प्यारो छ। राजु भण्डारी

Sangita bashyal -Nepali singer

Home » » नेपाल अफगानीस्तानसँग पराजित

नेपाल अफगानीस्तानसँग पराजित

Written By Unknown on Wednesday, May 7, 2014 | 3:49 AM


नेपाललाई मलेसियामा जारी एसीसी प्रिमियर लिग च्याम्पियन हुनबाट अफगानीस्तानले रोकेको छ । परिचित र बलियो प्रतिद्वन्द्वी अफगानीस्तानले नेपाललाई डकवर्थ लुइस नियमको आधारमा नेपाल १०८ रनले पराजित गर्‍यो । नेपालले व्याटिङ गर्दैगर्दा पानी परेपछि डकवथ लुइसको आधारमा निर्णय गरिएको थियो ।
टस हारेर व्याटिङ निम्तो पाएको अफगानीस्तानले ४९ ओभर ३ बल खेलेर २६२ रन बनाएको थियो । नेपालको लागि शक्ति गौचन र बसन्त रेग्मीले ३-३ विकेट लिए । आरिफ सेखको नाममा २ विकेट रह्यो ।
ठूलो लक्ष्य पछ्याएको नेपाली व्याट्सम्यानले आज पनि खराब प्रदर्शन दोहोर्‍याए । ओपनर सुबास खकुरेल र नरेश बुढाएर क्रमशः ८ र १० रनमा आउट भए । नेपालले ६ ओभरको पहिलो बलमा बुढाएरलाई गुमाएकेा थियो । जुनबेला नेपालको १३ रन मात्रै थियो ।
अफगानी बलरसामु ज्ञानेन्द्र मल्ल पनि धेरै टिकेनन् । १५ बल खेलेका उनले ११ रन मात्रै जोडे । कप्तान पारस खड्काले ३३ रन बनाए । शरद् भेषवाकर शून्यमा आउट भए ।  शक्ति गौचनले र सोमपाल कामीले समान १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपाल यसअघि नै डिसेम्बरमा हुने दूई दिवसीय प्रतियोगिता एसीसी च्याम्पियनसिपको लागि छनोट भइसकेको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Raju Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. Sankhuwasabha Chainpur - All Rights Reserved
Template Design by Creating Website Published by Raju Creation