Headlines News :

मेरो देश मेरो नेपाल, प्राण भन्दा प्यारो छ। राजु भण्डारी

Sangita bashyal -Nepali singer

Home » » गायक रामकृष्ण ढकालको परिवार घरविहिन

गायक रामकृष्ण ढकालको परिवार घरविहिन

Written By Unknown on Tuesday, July 1, 2014 | 6:05 AM

संगीतका चर्चित गायक रामकृष्ण ढकाल घरबिहिन बनेका छन । आइतबार उनले सैबुस्थित श्रीमति निलम शाहको नाममा रहेको घर ललितपुरस्थित लालीगुराँस बहुद्देशीय सहकारी संस्था लिमिटेडलाई बुझाएपछि उनको परिवार घर विहिन बनेको हो | सहकारीबाट लिएको ८० लाख ऋण नतिरेको भन्दै घर लिलामी गरिने बारेमा केहि दिनअघि जारी गरेको सार्वजनिक सुचनाको बेवास्ता गर्दै सम्पर्कमा नआएपछि सहकारीले ढकालको घर जफत गरेको हो ।
बदनाम गर्नको लागि सहकारीले आफ्नो घर जफत गरेको गुनासो सुनाउदै ढकाल घर फिर्ता गरिदिनका लागि मन्त्रिदेखि उच्च सरकारी सचिवहरु बर्षमान पुन, शंकर कोइराला लगायत विभिन्न शक्ति केन्द्रहरुको शरणमा पुगेको समाचार बाहिरीएको छ । समाचारअनुसार मन्त्रीहरुले घर फिर्ताको लागि पहल गरेपनि सफल नभएको बुझिएको छ । गायक ढकाल आफुले सबै पैसा बुझाइसके पनि सहकारीले बदनियतपुर्ण ढंगले यस्तो चपेटामा पारेको बताउदै आएका छन् । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Raju Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. Sankhuwasabha Chainpur - All Rights Reserved
Template Design by Creating Website Published by Raju Creation