बिगत केहि दिनदेखि बिराटनगर मा जण्डिस को कारण ९ जनाको ज्यान गएको छ। जण्डिस रोग पानीको कारण ले गर्दा हुन्छ। यो रोग लाग्न नदिन लाई तपाई हामीले बेलैमा सचेत हुनु पर्छ।
१ जथाभाबी को पानी नपिउने। पानी सधै उमालेर मात्र पिउने।
२ खाना खानु अघि साबुन पानीले राम्ररी हात धोएर मात्र खाने।
३ चिल्लो पिरो धेरै नखाने।
४ सफा पानी प्रसस्त पिउने। ताजा फलफुल खाने (सफा पानी ले धोएर )
यो रोगका लक्षण हरु :-
१ शरिर आलस्य हुनु। खान मन नलाग्नु।
२ हातगोडा झम्झमाउनु। मुख सुक्नु। तिर्खा बढी लाग्नु।
४ आखा पहेलो हुदै जानु। शरिर पहेलो हुदै जानु।
यदी यी लक्षण हरु देखा परेमा तुरुन्त नजिक को स्वास्थ्य चौकीमा गएर रगत जाच गराउनु होस्।
यदी रोग लागिसकेको भए मा :-
१ उखुको रस बिहान १ गिलास बेलुका १ गिलास खानुहोस।
२ प्रसस्त मात्रामा मेवा ,खर्बुजा खानुहोस।
३ माछा मासु , रक्सि बियर नखानुहोस्।
४ बेसार कम खानुहोस।
५ दिनदिनै सफा पानीले नुहाउनुहोस्।
जडिबुटी :-
गाउघरमा पाउने पहेलो लरो , किम्बुको जरा , बनघिरम्ला को जालो यी मध्ये कुनै एक तपाइको घर वरपर पाउछ भने औसधिको रुपमा प्रयोग गर्न सक्नु हुन्छ।
साबधान :- यी जडिबुटी हरु जथाभाबी , जति पायो तेती खानु हुन्न। पहेलो लरो लाई मसिनो सँग पिस्ने अनि पातलो कपडामा राखेर निचोर्ने अनि पानीमा मिलाएर खाने। किम्बुको जरालाई पनि तेसै गरेर खान सकिन्छ।
बन घिरम्लाको जालो को सानो १ टुक्रा १/२ लिटर पानीमा १ घण्टा भिजाउने अनि त्यो पानी पिउने। जालो को टुक्रा खानु हुदैन।
यदी पानी धेरै तितो भयो भने सफा पानी थपेर तितो कम गर्ने। औसधिको रुपमा थोरै मात्र पिउने।
यी माथिका उपयेहरु साधारण घरेलु उपचार मात्र हो।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !