राजेश हमालले विवाह गर्ने पक्का भएको छ । पहिले विराटनगर मोरङ हाल धरान सुनसरीकी मधु भट्टराईसँगको लामो अफेयर आगामी साता औपचारिक सम्बन्धमा परिणत हुन लागेको कुरा राजेश हमालले बताए । राजेश हमालले विवाह गर्दैनन् भन्ने धारणा बलियो हुँदै गएको स्थितिमा हमालको विवाह हुने निश्चित भएको हो । केही वर्षअघि पाँचतारे होटलमा आयोजित एक औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरूबीच प्रेम अंकुरण भएको थियो ।
साप्ताहिकले 'राजेशले फेला पारे गर्लफ्रेन्ड' शीर्षकको समाचार प्रकाशन गर्दै उनी र मधुबीचको अफेयरलाई पहिलोपटक सार्वजनिक गरेको थियो । विवाहका बारेमा पटक-पटक अनेकन प्रश्नको सामना गर्दै आएका महानायक हमालका अनुसार आपसमा बलियो प्रेम र समझदारी भएकाले नै सही समयमा उनीहरूले विवाह मिति तय गर्न लागेका हुन् ।
दुई सयजति चलचित्रमा अभिनय गरिसकेका हमाल नेपाली चलचित्र हेर्ने र नहेर्ने सबैका प्रिय नायक हुन् । उनको स्टारडम सधैं उदाहरणीय मानिन्छ । उमेरमा केही अन्तर भए पनि राजेश र मधुबीच बलियो समझदारी छ ।
- See more at: http://www.ekantipur.com/np/2071/1/26/full-story/388874.html#sthash.wb4kzTGV.dpuf
0 comments:
Speak up your mind
Tell us what you're thinking... !